माल्दिभ्समाथी नेपाल ए टिमको उत्कृष्ट जित

समाज

दक्षिण एसियायी खेलकुद ( साग ) को पूर्व सन्धामा साग खेल्न आईपुगेको माल्दिभ्स र नेपाल `ए´ बीचको अन्तिम मैत्रीपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई ८ विकेटले पराजित गरेको छ ।माल्दिभ्समाथि लगातार तेस्रो जित हासिल गर्ने क्रममा नेपाललाई माल्दिभ्सले दिएको १ सय १३ रनको सामान्य विजयी चुनौतीलाई नेपालले १३.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।नेपाललाई सहज जित निकाल्ने क्रममा ओपनर सुनिल धमलाले सर्बाधिक ४१ रनको योगदान गरे । अविजित रहेका उनले ३२ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।यस्तै टिमका लागि सुबाश खकुरेलले ३६ रनको योगदान गरे । उनि पनि अविजित रहेका उनले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने ओपनर ब्याट्सम्यान रित गौतमले २४ रन जोडेका थिए ।

बलिङतर्फ माल्दिभ्सका हसन इबरहिमले २ विकेट हात पारे ।त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको माल्दिभ्सले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।माल्दिभ्सका लागि अहमद हसनले सर्वाधिक १९ रनको योगदान दिदा मोहम्मद रिजवानले १२ तथा मोहम्मद इमान अलीले १० रन बनाएका थिए । भने अन्त्यमा हसन इबरामले १७ रनमा अविजित रहे ।बलिङतर्फ नेपालका लागि तिलक भण्डारीले ३ तथा बिक्रम शोवले २ विकेट लिए । भने आकश चन्द, रावल प्रताप सिंह र शेर मल्लले समान १-१ विकेट लिएका थिए ।योसँगै माल्दिभ्सको नेपाल तयारी सकिएको छ । अब माल्दिभ्सले सागमा प्रतिश्पर्दा गर्नेछ ।

झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिघा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् । होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नं। १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताउनुभयो । चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा रु। एक अर्ब ५० करोड लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिनुभयो । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ ।

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा रु। एक अर्ब ५० करोड लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिनुभयो । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ । होटलमा क्यासिनो सञ्चालन भएपछि ९०० जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठा छन् । झापाको विर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँचतारे होटल सञ्चालनको तयारीमा छ । उक्त होटलमा रु। एक अर्ब लगानी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *