जडीबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

समाचार

सिमकोट, काक्तिक ७ गते । अति संवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्र व्यापारीको जडीबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडीबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ । सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडीबुटी थुपार्दा फोहोर देखिएको छ । विमानस्थलको खाली क्षेत्रमा जडीबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने जनाउँदै विमानस्थलमा थुपारिएको छ । प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म हवाइजहाजले उडान भर्ने भएका कारण विमानस्थल क्षेत्रमा घोडा र खच्चर जान नपाए पनि त्यसपछि विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् । जहाजको उडान १० बजे सकिएलगत्तै व्यापारीले प्रवेशद्वारको ढोका क्षेत्रभित्रको खाली ठाउँमा प्लाष्टिकमा जडीबुटी सुकाउने गरेका छन् । यसबाट आवतजावत गर्नसमेत अप्ठ्यारो भएको यात्रुले बताएका छन् । विमानस्थलको जहाज पार्किङ क्षेत्रबाहेक अन्य स्थानमा सामान राख्न पाइने विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो । नेपालञ्ज विमानस्थलको उदाहरण दिँदै उहाँले जहाज पार्किङ र यात्रु जाँच तथा संवेदनशील क्षेत्रमा कसैले सामग्री राख्न नपाउने तर अन्य खाली ठाउँमा पहिलादेखि नै राख्ने गरिएको उहाँले स्वीकार्नुभयो । यस वर्ष हुम्लाका व्यापारीले हालसम्मकै सबैभन्दाीधेरै जडीबुटी संकलन गरेका छन् । एक व्यापारीले पाँच सय क्विन्टलसम्म जडीबुटी खरीद गरी ल्याएका छन् । संकलित जडिबुटीमध्ये दुई हजार क्विन्टल सदरमुकाम सिमकोट आइपुगेको छ ।

पचासदेखि चार सय क्विन्टलसम्म जडीबुटी खरीद गर्ने व्यापारीको संख्या २० भन्दा बढी छ । अझै एक हजार चार सय क्विन्टल जडीबुटी संकलन भएका क्षेत्रबाट आउने क्रम जारी छ । अहिले सिमकोट विमानस्थल क्षेत्रमा जताततै जडीबुटी मात्र देखिने गरेको छ । हाल सदरमुकाम सिमकोटमा आइपुगेको जडीबुटी अधिकांश खार्पुनाथ गाउँपालिकाको छाचौरबाट ल्याइएको हो । चुवाखोला, लुड्फे, रानीसैना र चंखेलीबाट पनि जडिबुटी संकलन हुने गरेको छ । यस वर्ष विभागबाट ३४० टन अर्थात् तीन हजार चार सय क्विन्टल जटामासी संकलनको पुर्जी व्यापारीलाई दिइएको जिल्ला डिभिजन वन कार्यालय स्रोतले जनाएको छ । गत वर्ष पहिलेबाटै रोकिँदै आएको उक्त जडीबुटीसहित दुई हजार पाँच सय क्विन्टल संकलन भई निकासी भएको थियो । हाल संकलन भइरहेका कारण विभागबाट छुट पुर्जी ल्याइएपछि कार्यालयले नापतौल गर्नेछ । संकलन हुने क्षेत्रमा व्यापारीले प्रतिकेजी रु ४५० सम्म मूल्य तिरेका छन् । सिमकोटसम्म ढुवानी दर प्रतिकेजी रु १४० सम्म परेको व्यापारीले बताउने गरेका छन् । जिल्ला डिभिजन वन कार्यालयले संकलन पुर्जी दिए तापनि निकासी पुर्जी भने नदिएको बताइएको छ ।

हामी सबै दशैंको लागि राम्री बन्नुपर्छ त्यसैले मेकअप गर्दा पहिले अनुहार सफा राख्नुपर्छ उहाँ भन्नुहुन्छ, सफा अनुहारमा सनब्लक लगाउनुपर्छ उहाँ थप्नुहुन्छ, यदि अनुहारको छाला रुखो छ भने यसअघि मोइस्चराइजिङ लोसन लगाउनुपर्छ । मेकअपको सबैभन्दा महत्वपूर्ण र धेरैलाई थाहा नभएको प्राइमर लगाउनु जरुरी हुन्छ । उहाँले प्राइमरले अनुहारमा मेकअपका लागि एउटा बेस बनाइदिने जानकारी दिनुभयो । यो लगाएपछि अनुहारमा छुट्टै चमक आउँछ र फाउन्डेसनलाई धेरैबेरसम्म टिकाइराख्ने उहाँले जानकारी दिनुभयो । यस्तै, मेकअप आर्टिस्ट मन्जु कार्की पाण्डे भन्नुहुन्छ आँखाको मेकअप सबै भन्दा महोत्वको विषय हो । धेरैले आँखाको मेकअप फाउन्डेसन लगाएपछि मात्र गर्नुहुन्छ तर हामी भने यो पहिले नै गर्छौं किनभने आँखाको मेकअप गर्दा हातले पटक पटक छालालाई छोइरहेको हुन्छ, आइस्याडो झरिरहेको हुन्छ । त्यसैले पुनः फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि फाउन्डेसन लगाउनुहोस् । तर मेकअप गर्दा फाउन्डेसन नै लगाउनुपर्छ भन्ने छैन । अनुहारमा धेरै दागहरू नभएका र गोरो वर्ण भएकाले बीबी क्रिम लगाउँदा पनि अनुहार आकर्षक र सुन्दर देखिन्छ । त्यसपछि पाउडर प्रयोग गर्न सक्छौं । दशैं भनेको खानपिनको चाड हो त्यसकारण खाने क्रममा कतिको लिपस्टिक लत्पतिन्छ र धेरै बेरसम्म टिक्दैन पनि । यसका लागि पाण्डे भन्नुहुन्छ, पहिलो कोटको लिपस्टिक लगाइसकेपछि टिस्यु पेपरलाई एक पटक ओठले च्याप्नुपर्छ त्यसपछि दोस्रो कोट लिपस्टिक लगाउनुपर्छ । अन्त्यमा टिस्युलाई ओठमाथि राख्ने र त्यसमाथि पाउडर लगाउने । धेरैको सोच मेकअप धेरैसम्म टिकोस् भन्ने नै हुन्छ । यसका लागि मेकअप स्प्रे, सेटिङ स्प्रे वा फिक्सरको प्रयोग गर्न सकिन्छ । स्प्रे लगाउँदा चार घण्टा टिक्ने मेकअप ६ घण्टासम्म पनि टिक्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *